सुदूरपश्चिममा बालबालिकालाई आईतवार देखि कोरोना विरुद्धको खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट प्रदान गरिएको कोरोना विरुद्धको फाईजर खोप सुदूरपश्चिमका पाँच जिल्लामा बाल बालिकालाई आईतवार देखी लगाईएको छ । पाँच वर्ष देखि १२ वर्ष मुनिका बाल बालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको हो ।

यसका लागि सरकारले फाइजर खोपको व्यवस्था गरेको छ । पाँच वर्ष देखि १२ वर्ष मुनिका बाल बालिकालाई लगाउने खोप अभियान अन्तरगत दोस्रो चरणमा कोभिड विरुद्धको फाइजर खोप बाल बालिकालाई लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अभियान भदौ ११ गते सम्म चल्नेछ ।

यस्तै २७ भदौ देखि १ असोज सम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ । यसअघि २७ जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाइ सकिएको छ । आइतबार देखी सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.