नागरिक उन्मुक्ति पाटीले भदौ ७ गते कैलालीको टीकापुर लगायतका स्थानमा नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने भएको छ । टीकापुरमा २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थारु कल्याणकारिणी सभाको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने सबै संघ संस्थाले निर्णय गरेको र सहमति भएको बताउनु भयो ।
Comments are closed.