महाकाली प्रादेशिक अस्पतालका चिकित्सकले निःशुल्क उपचारका लागि बनाएको सिफारिश पत्र च्याति दिए

महाकाली प्रादेशिक अस्पतालका चिकित्सकले निःशुल्क उपचारका लागि भीमदत्त नगरपालिका १८ ले बनाएको सिफारिश पत्र च्याति दिएका छन् । अस्पतालको बहिरङ्ग विभागमा डा. गिरिश अवस्थीले भीमदत्त नगरपालिका १८ सुकुम्बासी टोलका बासुदेव कामीकी छोरी दुर्गाको उपचारका लागि बनाएको सिफारिश पत्र च्याति दिएका हुन् ।

उनी वडा कार्यालयको सिफारिश लिएर उपचारका लागि अस्पताल गएका थिए । डाक्टर अवस्थीले सिफारिशका आधारमा उपचार नहुने भन्दै सिफारिश च्याति दिएपछि उनी फेरि वडा कार्यालय पुगेका छन् । ‘अवस्था कमजोर छ, उपचारका लागि सहयोग गरि दिनु प¥यो भनेर वडा कार्यालयमा आउनु भएको थियो, त्यसपछि निःशुल्क उपचारका लागि सिफारिश गरेका हौ’ भीनपा १८ का अध्यक्ष रविन्द्र देवकोटाले भन्नु भयो ।

रगत सम्बन्धी विरामी १८ वर्षिय छोरीको उपचारमा उपचार खर्च नभएपछि कामी वडा कार्यालय पुगेका थिए । वडा कार्यालयले महाकाली अस्पताललाई निःशुल्क उपचारका लागि सहयोग गरि दिन सिफारिश पत्र बनाई दिएको थियो । वडा अध्यक्ष देवकोटाले सिफारिश पत्र च्यातिए पछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टलाई जानकारी गराएर उपचार हुन नसकेको दुखेसो गरेका छन् ।

सम्बन्धित

Comments are closed.