कैलालीमा स्थानीय तहले लालपुर्जा वितरण गर्न थाले

कैलालीमा बादी समुदायका परिवारलाई स्थानीय तहले लालपुर्जा वितरण गर्न थालेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाले भूमिहीन बादी परिवारलाई घरबासको लालपुर्जा वितरण गर्न थालेको हो ।

नगरपालिकाले वडा नम्बर ३ बल्चौरका १२४ भूमिहीन बादी परिवारलाई लालपुर्जा दिएको जनाएको छ । पूर्व पश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरि रहेका १७७ बादी परिवार मध्ये १२४ परिवारको हातमा मङ्गलबार लालपुर्जा पुगेको छ । छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिने बताइएको छ ।

लालपुर्जा पाउनेहरुले दश धुर देखि एक कठ्ठा सम्म पाएका छन् । यस्तै भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लम्कि चुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको जनाएका छन् । उनले कैलालीका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भैरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.