कञ्चनपुरको बेलौरी नगरपालिका –९ रतनपुर स्थित सिद्धनाथ मन्दिरमा घेरबार गर्दा अवरोध सिर्जना गरिएको छ । मन्दिरको नाममा रहेको जग्गा बाट बाटो पाउनु पर्ने भन्दै ५ परिवारले अवरोध सिर्जना गरेका हुन् । सिद्धनाथ मन्दिर समितिले मन्दिरको संरक्षणका लागि घेरबारको काम गरिरहेको छ । समितिका अध्यक्ष दिनेश भट्टका अनुसार घेरबार गरिएका २२ पोल स्थानीय वीरेन्द्र साउदले उखेलेका छन् । ‘घेराबार गरिएका २२ पोल स्थानीय वीरेन्द्रले उखेलेर नगरपालिका पु¥याए छन्, ८ मिटर बाटो माग गरिएकोमा ४ मिटर दिनका लागि सहमति गर्न खोज्दा नमानेको बताइएको छ ।
उनीहरूले गाली गलौज गर्ने र पोल उखेल्ने गर्न थालेपछि ४ मिटर भन्दा बढी नदिने हामीले पनि अडान गरेका हौं,’ समितिका अध्यक्ष भट्टले भने, मन्दिर संरक्षणका लागि घेरबारमा जुटेका स्थानीय युवा बलदेव भट्टका अनुसार वीरेन्द्र साउँद सहित ज्ञानेन्द्र भट्ट, भैरव अवस्थी, डम्मरा भट्ट लगायतले मन्दिर घेरबारमा अवरोध गरिरहेका हुन् । उनीहरू सँग बाटो हुँदा हुँदै पनि मन्दिर बाट हुलाकी सडक सँग सिधै जोडिने गरी बाटोको माग गरिरहेका छन् । मन्दिर सार्वजनिक सम्पति भएकाले निजी स्वार्थ नजोडी संरक्षणमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । आफूहरुले सोही अनुरूप काम गर्न खोज्दा बाधा पु¥याउने काम भएको भट्टले बताए । नगरपालिकाको न्यायिक समितिले पनि बाटो दिँदा के हुन्छ भन्दै प्रश्न गर्ने गरेको मन्दिर समितिका अध्यक्ष भट्टले बताए ।
५ ओटै परिवारलाई अलग–अलग ठाउँमा बाटो दिनुपर्ने भएको हुँदा ८÷८ मिटर बाटो अलग–अलग ठाउँमा दिन नसकिने उनी बताउँछन् । मन्दिर संरक्षणमा स्थानीय सरकारले रचनात्मक भूमिका निर्वाह गर्न नसकेको गुनासो गरिएको छ । मन्दिर समितिले ८ जनाका नाममा जाहेरी दिई मुद्दा दर्ता गराएको छ । समितिले दिएको जाहेरी अनुसार मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बेल्डाडीका प्रहरी निरीक्षक दीपक पातलीले बताए ।