कञ्चनपुरमा ९९ जना प्रहरी जवान दीक्षित भए

कञ्चनपुरमा ९९ जना प्रहरी जवान दीक्षित भएका छन् । कृष्णपुर नगरपालिका स्थित नेपाल प्रहरीको विशेष सुरक्षा गणमा बिहीबार प्रहरी जवानहरु दीक्षित भएका हुन् । गणले आयोजना गरेको ११ देखी ८१ औ समुहको दीक्षान्त समारोह बाट २३४ दिनको आधारभूत तालिम सकेर ९९ जना प्रहरी जवान दीक्षित भएको तालिम संयोजक प्रहरी निरीक्षक डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

कानुनी राज्य एवं विधिको शासनको अवधारणा बाट निर्दिष्ट रही जन आकांक्षा अनुरुप समाजमा जनमुखी, व्यवसायिक र स्वच्छ प्रहरी सेवाको माध्यम बाट अपराध नियन्त्रण र समाजमा शान्ति सु–व्यवस्था कायम राख्न खटिन नेपाल प्रहरीको प्रदेश कार्यालय महेन्द्रनगरका बरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयले निर्देशन दिनुभयो । समारोहमा प्रहरीले तालिममा प्रथम, द्धितीय, तृतीय, कवाज प्रथम, शारिरीक व्यायम प्रथम र चादमारीमा प्रथम हुने जवानलाई पुस्कृत गरिएको थियो । दीक्षित जवानहरुले समारोहमा कवाजका साथै विभिन्न कौशलहरु प्रर्दशन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीको विशेष सुरक्षा गणका गणपति प्रहरी उपरीक्षक भिमकिरण बोगटी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्याम सिंह चौधरी, शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कमल भट्टराई, प्रदेश ट्राफिक कार्यालय अत्तरीयाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पाल, कष्णपुर नगरपालिका–१ र २ का वडाध्यक्ष द्धय मोहन बस्नेत र अर्जुन साउद, पुर्व प्रहरी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.