सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङको निर्वाचन क्षेत्रमा एकैदिन झण्डै २५ करोडको तीन वटा सडक र पुल निर्माण सम्बन्धीका योजना शिलान्यास गरिएको छ ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य समेत रहेका तामाङको निर्वाचन क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका भित्र २४ करोड ९८ लाख बराबरको लागत भएका तीन वटा महत्वपूर्ण योजनाको शिलान्यास गरिएको हो । तामाङ आफैले पुनर्वास नगरपालिका – १० मा पर्ने तीन करोड ३३ लाखमा ठेक्का सम्झौता गरिएको लमैया नाला बक्स कलभट (२० मिटर) को शिलान्यास गरेका छन् ।
वाइ.आर, हटैराज जेभीले निर्माण गर्ने यो योजनामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले गत असार ५ गते अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गरि सक्ने गरी ठेक्का सम्झौता गरेको छ । यस्तै तामाङले पुनर्वास नगरपालिका – ९ मा जिरो प्वाइन्ट रहेको कोटी होम–घ गाउ–ङ गाउ बिचफाटा सडक निर्माणको पनि शिलान्यास गरेका छन् ।
साढे ११ किलोमिटर लम्बाइ रहेको यो सडक अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गर्ने गरी १६ करोड २५ लाखमा शंकर जेभी निर्माण सेवालाई ठेक्का दिइएको छ । पुनर्वास नगरपालिका – ४ को कोटी होम घ गाउ देखि पुनर्वास नगरपालिका कार्यालयलाई जोड्ने तीन किलोमिटर ७२० मिटरको सडकको पनि बुधबार नै शिलान्यास गरिएको छ ।
Comments are closed.