कञ्चनपुरमा विकासको कार्य गर्न ठेक्का लिएर अलपत्र छोडने ठेकेदारको निर्माण स्थलमा दवाव स्वरुप कालो व्यानर लगाईएको छ । नेकपा बहुमतको संगठन युवा जनस्वयम सेवक नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ९ मटैना स्थित राजेन्द्र निर्माण सेवाले पुल निर्माणमा ढिलाई गरेको विरोधमा निर्माण स्थलमा कालो ब्यानर लगाएको हो । निर्माण कम्पनीलाई पटक पटक ध्यानाकर्षण गराउदा वेवास्ता गरिएपछि कालो ब्यानर लगाइएको छ । ब्यानरमा निर्माण कम्पनीले जिल्लाभर निर्माण कार्यमा गरेको लापरवाही उल्लेख गरिएको छ ।
निर्माण कम्पनी नेपाली काग्रेस डडेल्धुरा सभापति एवम् परशुराम नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर साउदको हो । कम्पनीले पँच वर्ष अघि मटेना स्थित कामीकाटे खोलामा पुल निर्माणको ठेक्का लिएको थियो । निर्माण कम्पनीलाई कनै चासो नदेखाएपछि संगठन युवा जनस्वम सेवक नेपाल कञ्चनपुरले कालो ब्यानर लगाएको हो । यस अघि भीमदत्त नगरपालिका ११ मा पनि साउदको पुल निर्माण स्थलमा कालो ब्यानर लगाइएको थियो ।
Comments are closed.