टीकापुरमा सामुदायिक चौपाया व्यवस्थापन गर्न बायोग्यास प्लान्ट निर्माण

कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो ।

प्लान्ट निर्माण सम्पन्न भएको महिनौ हुदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् । चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारी साधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । “दिउसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ ।” बस चालक सुमन चौधरीले भन्नुभयो, “सडकको बीचमा आएर बसेका हुन्छन् ।

कतिपय ठाउमा राम्रो संग नदेखिदा ठूलो दुर्घटना हुने जोखिम छ ।” बायोग्यास प्लान्ट निर्माण भएपछि बजारका चौपाया व्यवस्थापन हुने विश्वास आफूहरुको रहेको जनाउदै उहँले यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह समेत गर्नुभएको छ । चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा नगरपालिकाले चौपायाको गोबर बाट बायोग्यास उत्पादन गरेर स्थानीय विपन्न परिवारलाई वितरण गर्ने योजना बनाएको थियो । प्लान्ट निर्माण भएको महिनौ भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । “प्लान्टको सम्पूर्णा काम सम्पन्न भएर स्थानीयको घर घर सम्म पाइप लाइन जडानको काम समेत भएको महिनौ भयो ।

अझै सञ्चालनको कुनै सुरसार देखिएको छैन ।” स्थानीय बल बहादुर विकले भन्नुभयो, दुई सय घनमिटर क्षमताको बायोग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयले दाउराका लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले गरेको छ । बायोग्यास उत्पादनका लागि सामुदायिक चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसान खुसी देखिए पनि प्लान्ट छिटो सञ्चालनमा आउनु पर्ने स्थानीय मनोज चौधरी बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.