दार्चुलाको दुहु र व्यास गाउपालिका जोड्ने मुख्य मार्ग बन्द

दार्चुलाको दुहु र व्यास गाउपालिका जोड्ने मुख्य मार्ग करिब दुई महिना देखि बन्द छ । दुहु र व्यास जोड्ने मुख्य स्थलमार्ग दार्चुला – टिंकर सडक बन्द भएपछि अहिले यो क्षेत्रमा खाद्यान्न पु¥याउन समस्या भएको छ । टिंकर सडकले दुहु गाउपालिकाका सबै बस्ती र व्यास गाउपालिकाको १ र २ नम्बर वडा बाहेकका बस्तीमा सडक पहुच पुगेको छ ।

वर्षायामको सुरुवात संगै टिंकर सडकको विभिन्न भागमा गएको पहिरोका कारण सडक अवरुद्ध हुदा ढुवानीमा समस्या परेकोले खाद्यान्न अभाव हुने अवस्था आउन लागेको हो । कृषि उत्पादन कम हुने भएकोले दुहु र व्यासका अधिकांश बस्तीका बासिन्दा किनेको खाद्यान्नमा निर्भर हुन्छन  । करिब दुई महिना सम्म खाद्यान्न ढुवानी नहुदा सञ्चित खाद्यान्न सकिन लागेकाले खाद्यान्नको समस्या आउन थालेको व्यास गाउपालिका – ६ का करनसिंह धामीले बताए  । सयौं परिवारलाई खाद्य समस्या पर्ने देखिन्छ । वर्षात् सुरु देखि सडक भासिएर तथा पहिरो खस्दा टिंकर सडकको विभिन्न ठाउमा सडक अवरुद्ध छ  ।

लामो समय देखि सडक अवरुद्ध हुदा खाद्यान्न ढुवानी गर्न नसकिदा वर्षातलाई मौज्दात राखेको खाद्य सामग्री सिधिएकाले समस्या सुरु भएको दुहु गाउपालिका – १ का मदनसिंह महराले बताए  । उनले पैदल हिड्नलाई समेत समस्याग्रस्त बाटो भएको हुदा खाद्यान्न बोकेर ल्याउन सकिने अवस्था छैन । ‘पहिरो र बाढीले धेरै ठाउमा सडक क्षतिग्रस्त भएकाले तत्काल खुल्ने सम्भावना देखिदैन,’ उनले भने, ‘घरमा रहेको खाद्यान्न सकिएको अवस्था छ ।’ यहँका स्थानीय बजारमा पनि खाद्यान्न मौज्दात नरहेकोले समस्या आएको उनको भनाइ छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.