कञ्चनपुरको बैजनाथ महिला बहुउद्देश्यिय सहकारी संस्थाले तिज मनायो

कञ्चनपुरको बैजनाथ महिला बहुउद्देश्यिय सहकारी संस्थाले फरक किसिमले तिज मनाएको छ । शुक्रवार वेदकोट नगरपालिका ७ चौखुटटी आदीशक्ति भवानीको मन्दिरमा सामुदायिक छाडा चौपाया व्वस्थापन र लागु औषध दुव्र्यसनी सम्बन्धि गित प्रतियोगिताको आयोजना गरेर तिज मनाएको हो ।

कञ्चनपुर सहित कैलालीमा पछिल्लो समय चुनौतीको रुपमा देखिएको सामुदायिक पशु व्यवस्थापनको समस्या र लागुऔषध दुव्र्यसनी बाट बच्नको लागी संदेश मुलक गित प्रतियोगिताको आयोजना गरिएको संस्थाकी अध्यक्ष मन्जु सिंहले जानकारी दिनु भयो ।

युवा पूस्ताहरु लागु औषधमा कुलतमा फस्दै जँदा भविश्यका कर्णधारको अवस्था नाजुक र भविश्य नै वर्वाद भएको हाम्रो समाजमा जनचेतना दिन समस्याको उजागर गर्नको लागी र साथै पछिल्लो समय कञ्चनपुर र कैलालीमा सबै भन्दा ठुलो समस्याको रुपमा रहेको सामुदायिक पशु व्यवस्थापनको समस्या समाधान गर्नको लागि अलि फरक तवरले तिज मनाईएको उहँले बताउनु भयो ।

अहिले होटलमा जाने बढी तडक भडक गर्ने खर्च गर्ने प्रवृद्धि बढदै गई रहेको अवस्थामा आम दिदि बहिनीहरुलाई उनिहरुको प्रतिभाको कदर पनि हुने र समाजमा जनचेतना पनि फैलिने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सिंहले बताउनु भयो । उक्त समस्याहरुको उजागर गरी त्यसको उचित व्यवस्थापनमा सबैको सहकार्य समन्वयको खँचो भएकोले सबैले एक बद्धता आवस्यक रहेको सहभागीहरुले बताएका थिए । उक्त कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष मन्जु सिंहको सभापतित्व र प्रमुख अतिथीमा संविधान सभा सदस्य बहादुर सिंह थापा रहेका थिए ।

यसैगरी, बिशिष्ट अतिथीमा जिल्ला समन्वय समितीका संयोजक दुर्गादत्त बोहरा, वेदकोट नगरपालिकाका उपमेयर तुलसी जोशी, शुक्लाफाटा राष्टिय निकुञ्ज विस्थापित मुआव्जा समितीका संयोजक दल बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल, प्रहरी उपरिक्षक श्यामसिह चौधरी रहेका थिए भने कार्यक्रम संचालन पत्रकार महासंघका कोषाध्यक्ष तथा रेडियो शुक्लाफाटाका स्टेशन म्यानेजर जयदेव जोशीले गर्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.