महेन्द्रनगर बजारमा नया नालीमा ढक्कन नहाले पछि दुर्घटनाको जोखिम

कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा ढल निकासको लागि निर्माण गरिएका नया नालीमा ढक्कन नहाले पछि दुर्घटनाको जोखिम बढेको छ । सालघारी रोड, अस्पताल रोड, निर्वाचन कार्यालय जाने रोड लगायतका क्षेत्रहरुमा निर्माण भएका नालीमा ढक्कन नभएपछि जोखिम बढेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा र भीमदत्त नगरपालिकाको समन्वयमा निर्माण भएका नालीको गहिराई ५ फिट बढीे छ ।

उक्त नालीमा वर्षातको समयमा परेको पानी जम्मा भएको र फोहर तथा दुर्घन्ध पनि बढेको स्थानियको भनाई छ । यस्तै, भीमदत्त नगरपालिका १८ का अर्का स्थानिय सन्तोष सुनामले सम्बन्धित निकाय तथा नगरपालिकाले यो नालीमा ढक्कनहरु मिलाएर राख्नु पर्ने बताए । आफनो विद्यालयको अगाडी पनि सबै नालीहरु खुल्ला भएको र यो वर्षतको समयमा पानी जमेर लामखुटटे तथा अन्य जिवहरु पनि बढेकाले दुर्गन्ध पनि बढेको बताउछन् ।

नालीहरुको गहिराई ठुलो छ ढक्कन छैन समस्या भएको छ यसको निवारण गर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । यता, भीमदत्त नगरपालिकाले उक्त समस्याको समाधान गरिने बताएको छ । उक्त आयोजनाका सम्पर्क व्यक्ति तथ ईन्जिनियर गोरख बहादुर सिंहले अहिले काम रोकिएको अवस्थामा रहेको र सबै नालाको ढक्कनहरु निर्माण भईसकेको छ, र कामदारहरु अहिले वर्षातको समय भएकोले सबै विदामा गएका हुनाले काम रोकिएको बताए ।

क्षेत्रिय शहरी विकास आयोजनाको कार्यक्रम रहेको यो योजनामा एडि बी को कञ्चनपुरमा पौने ३ अरब रकममा काम भईरहेको र अहिले पहिलो चरणमा १ अरब रकममा कार्य भईरहेको नगरपालिकाले जनाएको छ । अहिले उक्त आयोजनाको ५० प्रतिशत कार्य सम्पन्न भई सकेको छ भने, आयोजनाको कार्य सन २०१८ बाट शूरु भएको थियो र २०२२ मा सम्पन् नगरिनु पर्ने भएपनि समयमा सम्पन्न नभएपछि गत असारमा १ वर्ष म्याद थप गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.