कैलालीको धनगढीमा असोज १ गते देखि प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध

कैलालीको धनगढी उपमहानगरपालिकाले असोज १ गते देखि प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले प्लाष्टिकजन्य उत्पादन बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

नगरको समस्या ग्रस्त फोहरको रुपमा बजारमा उपयोग भएका सुर्तीजन्य पान पराग, गुट्खा, प्लाष्टिकजन्य गिलास, कप, प्लेट, झोलाहरू भएकोले असोज १ गते बाट प्रयोगमा रोक लगाउने निर्णय गरिएको बताइएको छ ।

यस्तै जथाभावी सार्वजनिक क्षेत्र, सडक नालीहरूमा फोहर फ्याक्ने, खोला नालाहरूमा ढल मिसाउने, सडकमा निर्माण सामग्री राख्ने, ठेला पसल थाप्ने, सडकमा पशुचौपाय बाध्ने जस्ता काम गर्न नदिन निश्चित अवधी सम्म सबैमा आह्वान गर्ने र त्यसपछि नियम नमान्नेलाई आर्थिक जरिमाना गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित

Comments are closed.