कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै

कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैसीको व्यावसायिक पालन हुन थालेपछि कञ्चनपुर आत्मनिर्भर हुदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्क अनुसार दूध र मासु अन्य जिल्लामा यहा बाट निर्यात हुन थालेको छ ।

कञ्चनपुरमा सात हजार दुई सय ४५ मेट्रिक टन मासुको माग रहेकोमा सात हजार तीन सय ८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडक बहादुर पाण्डेयले बताए । उनका अनुसार एक सय ४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ ।

कञ्चनपुरमा ४७ हजार एक सय पँच मेट्रिक टन दूधको माग भएकोमा ७० हजार सात सय ६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । उनका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो । दोधारा चँदनी भारतीय बजार नजिक भएकोले यहँको दूध भारत जाने गरेको छ भने अन्य ठाउको दूध कैलालीको डिडि सी ले खरिद गर्ने गरेको उनले जानकारी दिए ।

माछा र अण्डा भने केही मात्रामा अन्य जिल्ला बाट ल्याउनु परेको छ । पँच हजार एक सय ७६ मेट्रिक टन माछाको माग रहेकोमा जिल्लामा एक हजार पँच सय ७५ मेट्रिक टन मात्रै यहँ उत्पादन हुने गरेको छ । कञ्चनपुरमा २४ हजार आठ सय ४६ मेट्रिक टन अण्डा खपत हुने गरेको तर जिल्लामा २० हजार मेट्रिक टन अण्डा मात्रै उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.