सुदूरपश्चिममा छाडा चौपायाले गर्दा सडक दुर्घटना विकराल बन्दै

सुदूरपश्चिम प्रदेशमा अहिले छाडा चौपायाले गर्दा सडक दुर्घटना विकराल बन्दै गएको छ । यो समस्या सबैभन्दा बढी तराईका जिल्ला कैलाली, कञ्चनपुरमा रहेको छ । छाडा चौपायाकै कारण सडक दुर्घटना बढि रहेको छ । दुर्घटनामा मान्छेले ज्यान गुमाइ रहेका छन् ।

साथै, सवारी साधनको ठक्कर बाट छाडा चौपायाको मृत्यु हुने क्रम पनि बढ्दो छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्षभरि छाडा चौपायाकै कारण कैलाली, कञ्चनपुरमा ३० वटा सडक दुर्घटना भएको छ । जुन दुर्घटनामा दुई जना मान्छेको ज्यान गएको थियो । ३३ जना सवारी चालक र सवार व्यक्ति घाइते भएका छन् ।

सो आर्थिक वर्षभरि सवारी साधनमा ठोक्किएका २५ छाडा चौपायाको ज्यान गएको थियो भने पँच छाडा चौपाया घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । चालू आर्थिक वर्षको हालसम्म छाडा चौपायाले गर्दा पँ“च वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जुन दुर्घटनामा दुई जना मानिसको ज्यान जानूका साथै पँच जना घाइते भएका छन् । यसैगरी, सवारी साधन संग ठोक्किएर आठ चौपाया मरेका छन् ।

तीन छाडा गाईगोरु घाइते भएका जनाइएको छ । सडक, खेत, वन क्षेत्रमा जथाभावी छोडिएका छाडा चौपाया किसानको लागि मात्रै नभइ ट्राफिक प्रहरी, स्थानीय तह सबैको टाउको दुखाइको विषय बनि सकेका छन् । दूध दिंदा र हलो जोत्ने कार्यमा प्रयोग आउदा सम्म घरमा राख्ने तर, दूध दिन र हलो जोत्न नसक्ने भएपछि जथाभावी गाईगोरु छाड्ने प्रवृत्तिले कैलाली, कञ्चनपुरमा छाडा चौपाया बढ्दै गएका छन् ।

बढ्दै गएका छाडा चौपायाले ठूल ठूला समस्या निम्त्याइ रहेका छन् । राति राजमार्ग, चौक र सडक कब्जा गरेर बस्ने चौपाया दुर्घटनाको मुख्य कारक बनि रहेका छन् । राजमार्ग, सडक र सहरमा लस्करै देखिने छाडा चौपाया सडक दुर्घटना न्यूनीकरणमा ठूलो चुनौती बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिल सिंहको भनाइ छ । छाडा गाईगोरुका कारण दिनानु दिन दुर्घटना भइरहेको उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.