बेदकोटमा सामुदायिक पशु व्यवस्थापन तिज बिशेष कार्यक्रम सम्पन्न

कञ्चनपुरको बेदकोट नगरपालिका तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको छ । आईतवार नगरपालिकाको परिसरमा पालिका भित्र रहेको १० वटै वडाका महिलाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा १० वटा वडामा रहेका महिला समुहहरुले सामुदायिक पशु व्यवस्थापन तथा लागु औषध न्यूनिकरणको विषयमा जनचेतना मुलक गित र नृत्य प्रतियोगिता प्रस्तुत गरिएको थियो ।

पछिल्लो समय जिल्लामा सामुदायिक पशु व्यवस्थापनमा चुनौती बढदै गईरहेको अवस्थामा गाई तथा गोरुहरुको सही तवरले सम्मानका साथ उनीहरुको व्यवस्थापनको लागि नगरपालिकाले जनचेतना फैलाउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख तुलसी जोशीले बताउनु भयो । यो समस्या समाधान गर्नको लागि सबै सरोकारवाला पक्षहरुले आ आफनो क्षेत्रबाट साथ र सहयोग गरियो भने मात्रै समाधान हुने र नगरपालिकाले आफनो कामलाई तिव्र रुपमा अगाडी बढाएको जिकिर गर्नुभयो ।

यसमा वेदकोट मात्र नभएर अन्य छिमेकी पालिकाले पनि यो विषयमा आफुले तदारुकता देखाएर कार्य गर्ने हो भने यो समस्या समाधान हुने भएकोले यो हाम्रो शूरुवात हो अन्य पालिकाले पनि यस्को उचित व्यवस्थापनमा लाग्नु पर्ने बताउनु भयो । भीमदत्त र वेदकोटको संयुक्त साझेदारीमा सामुदायिक पशु चौपायाको समस्यालाई समाधान गर्न समन्वय गर्ने भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनु भयो । योगी पिताम्बरले गाईको संरक्षण सम्बर्धन गर्नमा सम्पुर्ण नागरिकहरुले लाग्नु पर्ने र सामुदायिक पशू चौपायालाई अब सडकमा होईन उनिहरुलाई ससम्मानका साथ सुधारिएको गोठमा राख्नु पर्ने उल्लेख गर्नु भयो ।

उक्त प्रतियोगितामा प्रथम आदी शक्ति समुह द्धितियमा वेदकोट महिला समुह, तृतियमा जगन्नाथ महिला समुह र सान्त्वनामा शिद्धनाथ महिला समुह रहेका छन् । सबै समुहलाई पुरुस्कार तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख भोजराज बोहरा, प्रमुख अतिथिमा संबिधानसभा सदस्य बहादुर सिंह थापा बिशिस्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए । यस्तै, भिमदत्त नगर प्रमुख पदम बोगटी, बेदकोट नगर उप प्रमुख तुलसी जोशी, महिला अधिकारकर्मी र उल्लेख्य मात्रमा महिला दिदी बहिनीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.