कञ्चनपुरमा आईतवार जिल्ला ट्राफिक कार्यालय र लियो क्लबका सदस्य बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लियोमा आवद्ध रहेका ४ वटा क्लवका १ सय बढी विधार्थीहरुलाई सामुहिक रुपमा ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गरिएको हो । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक उमेश बहादुर चन्दले विद्यार्थीहरुलाई ट्राफिक नियम, दुर्घटना न्यूनिकरण गर्ने माध्यम, ट्राफिक चिन्ह लगायतको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । ट्राफिक प्रहरीले मात्रै सडक दुर्घटना न्यूनिकरण गर्न नसकिने भएको अवस्थामा सबै आम जनमानसले पनि ट्राफिक नियमको उचित पालना गरि दियो भने मात्रै पनि सडक दुर्घटनामा कमी हुने उहाँले बताउनु भयो ।
Comments are closed.