थारु समुदाय महाभारतका भिम र अग्नी देवताको पुजा गरी अटवारी मनाउदै

सुदुरपश्चिमको कैलाली, कञ्चनपुर लुम्बिनीको बर्दिया, बाके, दाङ्ग , कपिलवस्तु र रुपन्देही लगायत कर्णाली प्रदेशको सुर्खेत जिल्लामा थारु समुदाय धुमधामका साथ अट्वारी पर्व मनाई रहेका छन् । आइतबार दिनभरी थारु युवा युवतीहरु निराहार ब्रत बसेका छन ।

आइतबार अट्वारी पर्वमा गन्यारीको काठ अथवा सल्लाको काठ बाट निकालिएको पवित्र आगोमा एकातिर बाट मात्र रोटी पकाएर साझ पख महाभारतका पाच पाण्डव मध्ये भिम अथवा भेवाको लागि रोटी छुट्याई सकेपछि अग्नी पुजा गरेका छन् । दिदी बहिनीहरुका लागि रोटी र फलफुल अग्रासन छुट्याइ सकेपछि फरहार समेत गरेका छन । कृष्ण जन्माष्टमी पछिको पहिलो पुर्णिमाको दिन मनाउने यो पर्वमा महाभारतका पाच पाण्डवका पात्र भिमको पुजा गरेर शुरुको रोटी उनकै लागि छुट्याउने गरिन्छ । जुन एकातिर बाट मात्र पकाइने गरिन्छ ।

दाङ्गका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरेको समयमा सहयोग माग्न आउदा सुर्खेतको काक्रे बिहार घुम्न आएका भिमले रोटी पकाउदा पकाउदै सहयोग गर्न गएको र शत्रुहरु संग लडाई लडेर बिजयी प्राप्त गरी थारु राज्य र चेलीबेटीहरुलाई संरक्षण गरेको सम्झनामा थारु समुदायमा अट्वारी पर्व मनाउने प्रचलन रहिआएको धार्मिक बिश्वास रहेको छ । अट्वारी पर्वको अवसरमा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाहरुले सार्वजनिक बिदा समेत गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.