सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि गाउँघरमा चहल पहल बढदै

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि गाउँघरमा चहल पहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरु पनि घर फर्कन थालेका स्थानीयहरुले बताएका छन् । खास गरेर रोजगारीका लागि भारत पसेकाहरु पनि गौराका लागि घर फर्कन थालेको दशरथचन्द नगरपालिका वडा नं २ का स्थानीय गगनसिंह भण्डारीले बताए ।

उनले भने ‘अहिले गौराका लागि घर आउने मानिसको संख्या दिनदिनै बढी रहेको छ । गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन रही आएको छ ।’ भारत संग सीमा जोडिएका नाकाहरु बाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ । बैतडीको सीमा नाका झुलाघाट बाट स्वदेश भित्रिनेको संख्या हिजोआज निकै बढेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।

गौराका लागि परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन रहेकाले आफू भारत बाट घर फर्केको बैतडीको दोगडाकेदारका केशवराज जोशीले बताए । परदेश रहेकाहरु पनि गाउँमा फर्केपछि अहिले रमाइलो वातावरण भएको सुर्नया ४ का भान बहादुर चन्दले बताए । उनले भने ‘अहिले गाउँमा गौराको रौनक बढेको छ । भाद्र शुक्ल पञ्चमी बाट यो बर्षको गौरा शुरु हुने भएकाले बसाइ सराइ गरेकाहरु पनि जिल्ला भित्रिन थालेका छन् ।

पहाडी समुदायमा गौराको समयमा देवी देवताका मन्दिर तथा गौरा खलाहरुमा खेल हुने भएकाले पनि बसाइ सराइ गरेकाहरु पुख्र्यौली थलोमा फर्कने गरेका हुन् । गौरालाई सामाजिक सद्भावको पर्वका रुपमा समेत लिन सकिने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘गौराको समयमा गाउँका सबै मानिस एक ठाउँमा जमा भएर सुखदुख साटासाट गर्न पाउँछन् । यसले गर्दा सामाजिक सद्भावमा पनि वृद्धि गरेको छ ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.