महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सुस्त

कञ्चनपुरमा निर्माणाधीन एवं यहँ देखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीन सितको त्रिदेशीय नाका तिंकर सम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिको छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बिति सदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

उक्त योजनाको सुरुवात बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन सकेको छैन । कञ्चनपुरको ब्रह्मदेव देखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकर सम्म सडक खुलाउने उक्त योजना अन्तर्गत चार सय १३ कि.मी. सडक पर्ने धेरै क्षेत्र रुख कटानको अल्झनमा छ । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जिनीयर मिलन घतानीले करिडोर निर्माण अन्र्तगत सबै तिर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए ।

कञ्चनपुरको ब्रह्मदेव देखि उत्तर डडेल्धुराको जोगबुढा क्षेत्र सम्म १५ कि.मी. ट्रयाक खोल्न गत वर्ष असारमा रु पँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेको छैन । उक्त क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको थियो । दिवा–शनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले रुख कटानको आदेश नभएकाले एक वर्ष देखि आफूले काम गर्न नपाएको गुनासो पोखे । रुख कटानको आदेश आएको भए अहिले सम्म धेरै काम भइसक्थ्यो,” उनले भने, “अब चाडै आदेश आउछ भन्नेमा आशावादी हुने बाहेक अरु केही छैन ।” करिडोर अन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने छ ।

उक्त १५ कि.मी. ट्रयाक विसं २०८० भित्र खोलि सक्नु पर्ने भए पनि निर्माण पक्षले एक बर्ष काम गर्न पाएन् । त्यसैगरी ३० महिनामा निर्माण गरी कञ्चनपुरको हुलाकी सडक दोब्बर समय सकिदा पनि निर्माण अधुरै छ । यहाको डोके बजार देखि बेलौरी हुदै दैजी सम्म ६२ कि.मी. सडक निर्माणका लागि २०७३ फागुनमा निर्माणको जिम्मेवारी दिइएको थियो । तर हाल सम्म ३४ कि.मी. सडक मात्रै कालोपत्रे भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकृत इन्जिनियर पदम बहादुर मडैले जानकारी दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.