कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको संख्यामा बृद्धी

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा २३ सय १४ बाह्रसिंगा रहेको तथ्यांक सार्वजनिक गरिएको छ  । निकुञ्ज कार्यालयका अनुसार २६२ वयस्क, ८५८ वयस्क पोथी, ४३ अर्ध वयस्क भाले, १५२ अर्ध वयस्क पोथी, १६४ पाठापाठी र लिंग पहिचान हुन नसकेका ८३५ बाह्रसिंगा छन  । गत वर्षको गणनामा २२ सय ४६ बाह्रसिंगा थिए ।

२०१४ यता निकुञ्जमा बाह्रसिंगाको संख्या २३ सयकै हाराहारीमा छन  । त्यति बेला गरिएको गणनामा २३ सय १ बाह्रसिंगा थिए  । त्यस यता २२ सय देखि २३ सयकै हाराहारीमा बाह्रसिंगा भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ  । वैशाख १ देखि ७ सम्म वन्यजन्तु सप्ताहका अवसर पारी टाउको गणना विधि बाट बाह्रसिंगाको गणना तथा अनुगमन गरिएको हो  ।

बाह्रसिंगा पाइने स्थानमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले टेलस्कोप, बाइनोकुलर र क्यामेराको सहायता बाट गणना गरेका थिए  । ‘अहिले देखिएको संख्या राम्रै हो,’ शुक्लाफँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, ‘दुई हजार देखि अढाई हजार सम्मको पपुलेसन राम्रो मान्न सकिन्छ  ।’ उनका अनुसार केही वर्षयता शुक्लाफाटा घासे मैदान संगै निकुञ्जको अन्य क्षेत्रमा पनि बाह्रसिंगा देखिन थालेको छ  ।

तर फाटफुट रूपमा अन्य क्षेत्रमा गए पनि बासस्थान भने शुक्लाफाटा घँसे मैदान नै हो  । ‘चौधर नदी पारि लालपानी र अन्य क्षेत्रमा पनि बाह्रसिंगा देखिएको छ,’ ऐरले भने, ‘यस वर्ष पहिलो पटक उक्त क्षेत्रमा पनि गणना गरिएको हो  ।’ यसअघि निकुञ्जको विशाल घँसे मैदानमा मात्रै बाह्रसिंगाको गणना गरिदै आएको थियो  । घासे मैदान व्यवस्थापन गर्न सके बाह्रसिंगाको संख्या थप बढाउन सकिने उनले बताए  । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफँटा राष्ट्रिय निकुञ्जको विशाल घासे मैदान ५४ वर्ग किलोमिटरमा छ  ।

यसको नाम शुक्लाफाटा घँसे मैदान हो  । यही विशाल घासे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो  । यहँ हजारौंको झुन्डमा बाह्रसिंगा देख्न सकिन्छ  । घासे मैदानमा बनेका ठुल्ठूला मचान बाट ठूलो झुन्डमा बाह्रसिंगा चरि रहेको दृश्य लोभलाग्दो देखिन्छ  । बाह्रसिंगा बाघको प्रमुख आहारा पनि हो  । पछिल्लो गणना अनुसार यहँ बयस्क बाघको संख्या ३६ पुगेको छ  । निकुञ्ज कार्यालयले १६ पोथी र १२ भाले तथा अकुपेन्सी सर्भेका आधारमा ८ बाघ रहेको तथ्यांक सार्वजनिक गरेको हो  । अघिल्लो गणनामा यहँ १८ वयस्क बाघ छन् ।

सम्बन्धित

Comments are closed.