महाकाली नदीमा पानीको सतह बढदै गएपछि भुजेलामा कटान सुरु

कञ्चनपुरमा महाकाली नदीले भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा कटान सुरु गरेको छ । लगातार वर्षापछि नदीमा पानीको सतह बढेपछि कटान शुरु गरेको छ । अहिले सम्म महाकाली नदी किनारका ५–७ मिटर सम्म कटान गरिएको छ । नदीमा पानीको सतह कम नभए सम्म कटान नियन्त्रणमा आउन संकेत नदेखिएको प्राविधिकहरु बताएका छन् ।

नदीले कटान गरेपछि महाकाली पुल आयोजनाका प्राविधिक दुर्गादत्त अवस्थी सहित सुरक्षाकर्मी कटान स्थलमा पुगेर निरिक्षण गरेका छन् । महाकाली पुल आयोजनाका प्राविधिक अवस्थीले नदीमा पानीको सतह घटेपछि कटान नियन्त्रण आउन सक्ने बताउनु भयो । गत बर्षको कार्तिक पहिलो हप्ता आएको बेमौसमी वर्षले उक्त क्षेत्रमा ठुलो नोक्सानी गरेको थियो । शुख्खा बन्दरगाहको लागि निर्माण गरिएको ४ लेन सडकमा पनि बाढीले क्षती पुर्याएको थियो ।

सम्बन्धित

Comments are closed.