कञ्चनपुरको बेलडाडी गाउपालिकामा पहिलो पटक स्क्रब टाईफसका बिरामी फेला परेका छन् । वडा नं.३ खैरिघाटमा पहिलो पटक स्क्रब टाईफसका एक जना महिला फेला परेकी हुन् ।
आधारभुत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुगेकी ३० बर्षिया एक महिलामा चेक गर्दा स्क्रब टाईफस भएको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुुख महेश सिह खत्रीले बताए । उनका अनुसार स्वास्थ्य संस्थामा ल्याव सेवा नभएता पनि संकास्पद विरामीको स्क्रब टाईफस किट बाट रगत परिक्षण गर्दा विहिबार सोही वडाकी एक महिलामा उक्त रोग पत्ता लागेको बताए ।
ती महिला केही दिन पहिला देखि विरामी भएकी थिइन् र उनले निजि स्वास्थ संस्थामा र बेलडँडी प्राथामिक स्वास्थ्य केन्द्रमा समेत उपचार गराई राखे तर निको नभएपछि बिहिबार आधारभुत स्वास्थ्य केन्द्रमा उपचार गराउनको लागि आएको जानकारी गराउदै विरामीको लक्षण हेरेर चेक गर्दा उक्त रोग पत्ता लागेको खत्रीले जनाए ।
यो रोग लागे पछि ज्वारो आउने, शरीर धेरै दुख्ने, टाउको दुख्ने, बान्ता हुने, छालामा विविरा देखा पर्ने आदी जस्ता लक्षण देखा पर्ने गर्दछन् । चिगर भाइटले स्वस्थ व्यक्तिलाई टोक्दा ओरिन्सिया सुसुगामुसी नामक ब्याक्टेरिया सार्दछ । चिगर भाइट खास गरेर सानो सानो झाडी, जंगल, खतवारी, खोला वा तलाउको वरिपरिको झाडीमा बस्ने गर्दछ ।
Comments are closed.