कञ्चनपुरमा बडघर भलमन्सा चयन गरियो

कञ्चनपुरको शुक्लाफँटा नगरपालिका वडा नम्बर १० मा बडघर भलमन्सा समिति चयन गरिएको छ । बुद्धिराम चौधरीको अध्यक्षतामा शुक्रबार सात सदस्यीय भलमन्सा समिति सर्वसम्मतीले चयन गरिएको हो । त्यस्तै समितिको सचिवमा जानकारी चौधरी, कोषाध्यक्षमा संगिता चौधरी चयन भएकी छन् । संग्राम चौधरी, नर्पता चौधरी, जुना चौधरी र सुरेश राना सदस्यमा चयन भएका छन् ।

बडघर भलमन्सा नगर सभापति बचन रानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐर रहनु भएको थियो । पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि गाउटोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको थारू अगुवा बताउछन् । गाउको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुली बत्तीको व्यवस्था गर्ने, गाउघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने गर्दछन् ।

थारू समुदायको परम्परागत चलन संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण जस्ता कामलाई बचाइ राख्न बडघरको ठूलो भूमिका हुने गरेको बडघर भलमन्सा गहनु डगौराले बताए । भलमन्सा गाउको नेतृत्व गर्ने व्यक्ति हुन् । भलमन्साले गाउमा विकास निर्माणको कार्य देखि लिएर भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सामान्य झैझगडा, विवाद मिलाउने जस्ता काम गर्ने गर्दछन् । बडघरको सुरुआत कसरी भयो भन्ने बारेमा ऐतिहासिक तथ्य नभए पनि कविला युग देखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको छ ।

सम्बन्धित

Comments are closed.