बेलडाडीमा जनप्रतिनिधिले गरेको सय दिनको कामको प्रगती सार्वजनिक

कञ्चनपुरको बेलडाडी गाउपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सय दिनको समयमा गरेका कामको प्रगती पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । औपचारिक रुपमा पत्रकार सम्मेलन गरी सय दिनको प्रगति बिवरण सार्बजनिक गर्ने बेलडँडी गाउपालिका कञ्चनपुरको पहिलो पालिका बनेको हो । पत्रकार सम्मेलन मार्फत प्रवक्ता गज बहादुर बिष्टले सय दिनका प्रगति सार्वजनिक गर्नु भएको थियो ।

अति विपन्न गरिव, मुक्त कमलरी लगायत लाई ३० युनिट सम्म विद्युत शुल्क निःशुल्क गर्ने, विपन्न महिलाहरुका लागि सीप मुलक कार्यक्रम, प्राविधिक शिक्षा, ईसिजी अल्ट्रासाउन्ड सेवा सञ्चालन, पालिका भित्र जेष्ठ नागरिक, गर्भवती सुत्केरीलाई निःशुल्क एम्बुलेन्स बाहिर लैजादा ५० प्रतिशत छुट लगायतका जनमुखी निर्णय संगै बिकास निर्माणका भौतिक संरचना निर्माण सम्बन्धी काम गर्ने निर्णय भएको जनाइएको छ । गाउपालिका अध्यक्ष हरिशचन्द्र रानाले क्रमिक रुपमा गाउको बृद्धि विकासका लागि पहल भईरहेको बताउनु भयो । गँउपालिका अध्यक्ष रानाले समग्र गाउको विकासका लागि स्थानीय एव अन्य स्रोत परिचालन गरेरै भएपनि गरिने बताउनु भयो ।

बिगतका जनप्रतिनिधिले भन्दा दोब्बर राम्रो काम गरेको गाउपालिका उप प्रमुख शान्ति नाथले बताउनु भयो । बेलडाडी गाउपालिकाका प्रवक्ता गज बहादुर विष्टले सय दिनको अवधिमा गँउपालिका कार्यपालिकाले गरेको कामको प्रगति बिवरण सार्वजनिक गर्दै केही उपलब्धी मुलक काम गरि सकेको र केही पहल भईरहेको बताउनु भयो । प्रवक्ता विष्टले सय दिनको अवधिमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार देखि विविध विषयमा कामकाज सम्पादन गरिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.