कैलाली विमानस्थलमा एकजना युवकले प्रहरी कुटपिट गरेको आरोप लगाएका छन् । धनगढी विमानस्थलमा लफडा भएको शनिबार बिहान विमानस्थलमा प्रहरीले आफू माथि कुटपिट गरेपछि लफडा भएको कञ्चनपुरको बेल्डाडीका नरेश गिरीले जानकारी दिएका छन् ।
विमानस्थलको काउन्टर बाट घिसारेर उनलाई त्यहँका प्रहरी इन्चार्ज सईको कार्यालय भित्र चुकुल लगाएर ४ जना प्रहरीहरुले निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । प्रहरीले कुटेर आखामा चोट लागेको बताएका छन् । विमानस्थलको सुरक्षामा खटिएका प्रहरी बरिष्ठ हवल्दार कृष्णबहादुर पाण्डेयको टोलीले आफू माथि आक्रमण गरेको उनले बताए ।
उनी सौर्य एयरलाइन्सको जहाज मार्फत काठमाडौं उड्ने तयारीमा थिए । उनी संग नगद ५ लाख भेटिएकोले प्रहरीले जहाजमा सुरक्षाका हिसाबले एक लाख भन्दा बढी रकम लैजान नमिल्ने बतायो । त्यस बेला सम्म जहाज उड्ने समय भइसकेको थियो । त्यसपछि गिरीले आफू संग भएको पैसा –आफ्नो) दाईलाई विमानस्थलमै बोलाएर बुझाउने र जहाज रोकिदिन प्रहरीलाई आग्रह गरेको बताए ।
तर, प्रहरीले जहाज रोक्न नमिल्ने भन्दै जवाफ दिएपछि जहाज उडेको उनले बताए । उनले दाईलाई उक्त रकम बुझाइ सकेको दाबी गरेका छन् । यता, विमानस्थलका प्रहरी इन्चार्ज (सई) समुद्र किशोर पन्तले भने कुटपिट नगरेको बताएका छन् । जहाज छुटेपछि प्रहरीलाई गाली गलौज गरेको भन्दै सम्झाइ बुझाइ मात्र गरिएको उनले बताए । यद्यपी ड्युटीमा रहेका प्रहरी र बरिष्ठ हवल्दार संग यसबारे आफूले बुझिरहेको उनले दाबी गरे ।
Comments are closed.