कञ्चनपुरको दोधारा चँदनी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा रेबिज बिरुद्धको खोप पाईने भएको छ् । दोधारा चँदनी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अबका दिनहरुमा एन्टिरेबिज भ्याक्सिन उपलब्ध गराईने बताएका छन् ।
दोधारा चँदनी नगरपालिकामा स्थानियहरुलाई कुकुर तथा जंगली पशु टोकेपछि टाढाको महंगा अस्पतालमा गएर रेबिज बिरुद्धको खोप लगाउदै आएका छन् । कुकुर तथा जंगली पशुको टोकाई बाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध हुनेभए संगै स्थानियहरुमा खुशी छाएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई ४० भाईल रेबिज बिरुद्धको खोप उपलब्ध गराईने काठमाण्डौं बाट दोधारा चँदनी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले जनाएका छन् ।
नगर प्रबक्ता बस्नेतले आफ्नो सामाजिक संजाल फेसबुकमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डाक्टर रवण श्रेष्ठलाई धन्यबाद दिदै दोधारा चादनीका स्थानियहरुले कुकुर तथा जंगली पशुको टोकाईमा रेबिज बिरुद्धको खोप लगाउन टाढा नजानु पर्ने बताएका छन् । ‘दोधारा प्राथमिक स्वास्थ्य केन्द्र मासिक ४० भाईल एन्टिरेबिज भ्याक्सिन दिने निर्णय भएकोमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा रबण श्रेष्ठलाई धन्यबाद । काठमाडौं बसाईको मेहनत काम लाग्यो’ सामाजिक संजाल फेसबुकमा दोधारा चँदनी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले लेखेका छन् ।