बैतडीमा नियम विपरित संचालनमा रहेका ३ वटा मेडिकल सिल

बैतडीमा नियम विपरित संचालनमा रहेका ३ वटा मेडिकल सिल गरिएको छ । मेडिकल अनुगमनका क्रममा नियम विपरीत सञ्चालनमा रहेका मेडिकलहरु भेटिएकोले जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो । ४ वटा मेडिकल अनुगमनको क्रममा ३ वटा मेडिकलले सञ्चालन गर्न नपाउने क्लिनक सेन्टर पनि सञ्चालन गरिएकोमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

मुस्याचौर स्थित प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो । देहिमाण्डौ स्थित निङ्गलाशैनी फार्मेसी एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकोले सिल गरिएको प्रशासनले जनाएको छ । अनुगमनको क्रममा मेडिकलहरुले बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

अहेव बस्ने मेडिकलहरुले क्लिनिक सञ्चालन गरेर बेडहरु राखेको भेटिएकोले बन्द गरिएको छ । उनले भने, ‘भिडियो एक्सरे पनि मेडिकलमा राखेको भेटिएको थियो । ल्याबका कर्मचारी नभएर ल्याब पनि सञ्चालन गरेका थिए । मेडिकलमा औषधि पनि फार्मेसी नपढेकाले बेचेको भेटियो । नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, फार्मेसीहरु बन्द गरेका छौं ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.