महेन्द्रनगर । महेन्द्रनगरमा गौरा महोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका १८ कटानमा रहेको गौरादेवी साँस्कृतिक सेवा समितिको आयोजनामा गौरा महोत्सव तथा आइतबारदेखि देउडा प्रतियोगिता हुने भएको हो । गौरादेवी साँस्कृतिक सेवा समितिले समाजिक विकास कार्यालयको आर्थिक सहयोगमा महोत्सव तथा देउडा प्रतियोगिता आयोजना गरेको छ ।
गौरादेवी साँस्कृतिक सेवा समितिका सचिव मदनराज जोशी सुदूरपश्चमेलीहरुको लोक संस्कृति संरक्षण जोर्गेना गर्नका लागि देउडा प्रतियोगिता समेत आयोजना गरिएको बताए । सचिव जोशीका अनुसार आईतबार देखि बुधबारसम्म महिला तथा पुरुष देउडा प्रतियोगिता हुनेछ । बिहीबार गौरा समापन गरिनेछ । महिला तथा पुरुष देउडा प्रतियोगिता हुनेछ । प्रतियोगितमा विजेताहरुलाई पुरस्कार प्रदान गरिनेछ ।