महेन्द्रनगर । कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा बृहत विसरती मेला भाद्र २० गते आयोजना हुने भएको छ । वि.स.२०३४ साल देखी बिसरती मेला निरन्तर लाग्ने गरेको छ । भाद्र २० गते भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीमा अवस्थित दुर्गादेबी मन्दिरबाट पूजा सुरु भई भीमदत्त नगरपालिकाको वडा नम्बर ८ मा रहेको त्रिभुवन मा वी को प्राङ्गणमा भव्य मेलाको आयोजना गरिने मेला व्यवस्थापन समिति संयोजक धर्मेन्द्र थापाले जानकारी दिएका छन् ।
२०३४ सालमा बझाङको दुर्गाथलीबाट केही परिवारहरु कञ्चनपुरको तिल्केनीमा बसोबास गर्न आएपछि उतैको दुर्गादेबीको मन्दिर यता स्थापना गरी आफनो परम्परा अनुसार मेलाको आयोजना भएको हुँदा कोरोनाको समयमा २ वर्ष नलागेको मेला यो वर्ष धुमधामका साथमा लाग्ने थापाले बताए ।
भदौ २० गते बिहान पूजाआजा गरिने र राती देउडा खेल खेलिने भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मदनराज मिश्रले जानकारी दिए । मेलामा जिल्ला बाहिर बाट समेत सहभागी हुने गरेका छन् । मेलामा सहभागी देउडियाहरुलाइ सम्मान समेत गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर जप्रेल ले बताए। सुरक्षाको व्यवस्था राती चाहिने विजुली बत्ती स्वयमसेवक तथा अन्य आर्थिक खर्चको व्यवस्थापन वडाबाट बेहोर्ने वडा अध्यक्ष मिश्राले बताए । मेलालाई सभ्य र भव्य बनाउनमा सबै जिल्लावासीलाई अनुरोधका साथै मेलामा सहभागी भै दिन आग्रह गरेका छन् ।
शुक्लाफाँटा खबर
5285 posts
Comments are closed.