कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा २ दम्पतीको जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्राको ज्यान गएको हो ।
माछा मारेर फर्किरहेको अवस्थामा नजिकै रहेको कापडीको रुखमा चट्याङ परेर उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार बेलुकी करिब ५ बजे चट्याङ लागेर घाइते उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.