पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै काठमाडौंमा प्रदर्शन

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै आज शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

आफूहरु आयोजनाका लागि कचौरा लिएर माग्न बसेको आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताउनु भयो । उहाले आयोजना बन्ने आशमा जनजीविकासँग जोडिएको काम पनि गर्न नपाउने, आयोजना पनि नबन्ने अवस्था बनेको बताउदै यो तत्काल अन्त्य गर्नुपर्ने आफुहरुको माग रहेको बताउनु भयो ।

सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन ।

बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरयो । अहिले पश्तिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.