मझगाउँ विमानस्थल निर्माण कार्यमा अबरोध, सबैको आ आफनो अडान

कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको काम अहिले बन्द छ । विमानस्थलमा माटो भरान तथा अपग्रेडको काम वर्षातको समय भन्दै बन्द भएको हो । वर्षातको समय पश्चात माटो भरान तथा अपग्रेडको काम सकिए पनि विमानस्थलको काममा फेरी अवरोध हुने देखिएको छ । काम अगाडी नबढने जस्तो छाँटकाँट देखिएको छ , विमानस्थलमा पछिल्लो समय जग्गाको विवाद देखिएको छ ।

जग्गाको विवादमा नेपाली सेना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र रत्न वाटिका देखिएका छन् । एक हजार मिटर लम्बाई रहरेको धावन मार्ग पहिलो चरणमा एक हजार ५ सय २५ मिटरमा बिस्तार गर्ने प्राधिकरणको योजना छ । ६६ बिघा क्षेत्रफलमा फैलिएको विमास्थलका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको खेल मैदान, र रत्न वाटिका रहेको क्षेत्रको जमिन आवश्यक पर्नेछ । तर उक्त क्षेत्रको भोगाधिकार विमानस्थल कार्यालयले पाएको छैन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मीनराज ओझाका अनुसार सबैले मन्त्रिस्तर बाट निर्णय गरिनु पर्ने माग राखेका छन् । ‘नेपाली सेना संग जग्गाको लालपूर्जा रहेको छ, शुक्लाफाँटाले बफर जोनमा विमानस्थल परेको छ भन्छ ।’ उनले भने, ‘रत्न वाटिकाको पनि आफनै भनाई रहेको छ, माथिल्लो निकाय बाट निर्देशन हुनु पर्ने या त मन्त्रिस्तर बाट निर्णय गरेर ल्याउन भनेर नेपाली सेना, शुक्लाफाँटाले भन्छ ।’ नेपाली सेनाले आफुले पाएको पूर्जा निर्णय मन्त्रीस्तर बाट बदर गर्नुपर्ने भन्दै आएको छ ।

‘उक्त क्षेत्रमा रुख साना बुट्यान रहेको भएर निकुञ्जले उक्त क्षेत्र हाम्रोमा पर्छ भनेको छ, भने सेनाले पनि पूर्जा बनाउँदा कुनै पनि निकाय संग समन्वय गरेको देखिदैन ।’ उनले भने, ‘अहिले गत बिहिवार मन्त्रिस्तर बाट उक्त क्षेत्रमा निर्माण कार्य गर्न दिनु कुनै पनि बाधा नगर्न नगराउन भन्दै सहजिकरण गरि दिन भन्दै पत्र दिएको छ ।’
अब उक्त पत्र अहिले आफु संगै रहेकोले यो हप्ता भित्रै सम्बन्धित निकायलाई उक्त पत्र पेश गरिने आयोजना प्रमुख ओझाले बताए । उक्त पत्रले समन्वय गरि दिने भन्ने वारेमा भएकोले आधिकारिक निर्णय अहिले पनि नभएको उनले बताए ।

माथिल्लो स्तरमा पनि रक्षा मन्त्रालय र वन मन्त्रालय बाट फाईल अगाडी बढि सकेको भएपनि उक्त काममा पहलको कमिले काममा ढिलो भएर समस्या भएको हो । समबन्धित निकाय मन्त्रालयमा फाईल पुगि सकेको भएपनि क्याबिनेटमा फाईल नपुगेर काम अडकिएको बताए । राजनैतिक दवाव नभएर नै उक्त काम रोकिएको जस्तो लागेको उनको भनाई रहेको छ ।

विमानस्थल निर्माणमा सबैको साथ र सहयोग देखिएको छ सबैले प्रतिवद्धता जाहेरी पनि गरेका छन् । तर बाहिर हेर्दा कसैले पनि अवरोध नगरेको जस्तो देखिएको विमानस्थलमा भित्र जग्गा भोगाधिकारमा समस्या देखिएको आयोजना प्रमुख ओझाले बताए ।

मझगाउँ विमानस्थल निर्माणमा संघीय पर्यटन मन्त्रालयको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ र दोधारा चाँदनी नगरपालिकाको १० गरी ४५ करोड ६६ लाख ७ सय १५ रूपैयाँ जम्मा गरिएको थियो ।

तीन वर्षमा काम पूरा गर्ने गरि कान्छाराम÷कुमार÷उमा एण्ड कम्पनी सँग ४५ करोड ६६ लाख ७ सय १५ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.