साफ महिला च्याम्पियनसिप मंगलबार देखि हुने

मंगलबार देखि दशरथ रंगशालमा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । सोमबारको प्रि–म्याच कन्फ्रेन्समा सात वटै टिमले आफ्नो तयारी र लक्ष्य बारे कुराकानी गरेका थिए ।

भदौ २१ देखि असोज ३ गते सम्म हुने च्याम्पियनसिपको उदघाटन खेलमा घरेलु टोली नेपालले भुटान संग खेल्ने छ । यो खेल मंगलबार सँझ पँच बजे देखि दशरथ रंगशालामा सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले पाकिस्तान माथि झण्डै पाच वर्ष र भारत माथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

यस पटकको मुख्य विशेषता भनेको नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्दैछ । च्याम्पियनसिप पहिलो पटक दशरथ रंगशालमा आयोजना हुदैछ । सन् २०१९ मा भएको पँचौ संस्करण विराटनगरमा खेलाइएको थियो । यस पटक नेपाललाई घरेलु मैदान र दर्शक अघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि खडेरी तोड्ने अवसर छ । अघिल्ला प्रतियोगितामा जस्तै यस पटक पनि भारत र नेपाल उपाधिको मुख्य दाबेदारको रुपमा छन् ।

भारतले यस अघिका पँचै संस्करणको उपाधि जितेको छ । नेपाल चार पटक उपविजेता बन्दा एक पटक सेमिफाइनल बाट बाहिरिएको थियो र पँचै पटक भारत संग नै पराजित भएको थियो । यस्तै बंगलादेश एक पटक फाइनल पुगेको थियो । दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाले तीन नया खेलाडी सहित नेपाली टोली घोषणा गरेका छन् । ‘गोल मेसिन’ सावित्रा भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छिन् ।

नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन् । नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दैछ । सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औं साग फाइनल नेपाल भारत संग पराजित हुदै उपविजेजता बनेको थियो । यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य छ ।

सम्बन्धित

Comments are closed.