कञ्चनपुरको बेदकोट नगरपालिकाले सोमबार स्थानीय दैजी बजारमा अनुगमन गरेको छ । नगरपालिकाको बजार अनुगमन टोलीले अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची नराखेको पाइएको छ । अनुगमन टोलीले विभिन्न पसल बाट अखाद्य बस्तु तथा म्याद नाघेका खाद्यबस्तु समेत बरामद गरेको छ ।
अनुगमनका क्रममा ८० प्रतिशत पसलमा म्याद नाघेका अखाद्य बस्तु भटिएको बेदकोट नगरपालिका बजार अनुगमन टोलीका संयोजक पदम बहादुर ठकुराठीले बताउनु भयो । दोस्रो पटक पनि अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य वस्तु भेटिए नगरपालिकाले कानुन बमोजिम कार्बाही प्रक्रिया अघि बढाउने उहाले बताउनु भयो ।