दोधारा चँदनीमा जंगली हात्ती भगाउन स्थानीय रातभर जाग्राम बस्ने समस्या

कञ्चनपुरको दोधारा चँदनी नगरपालिका – ५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्ज बाट आउने जङ्गली हात्तीको बथानले गाउ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि भगाउनका लागि त्यहाका बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

सँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पु¥याउने गरेको स्थानीय सीतादेवी बादीले बताउनु भएको छ । स्थानीय लक्ष्मी राना थारुले हरेक वर्ष यहँ घर खेतमा हात्तीले नोक्सान गर्ने गरेको बताउनु भएको छ । लक्ष्मीका अनुसार गाउमा विद्युत् नुहुदा झन समस्या हुने गरेको छ ।

दोधारा चँदनी नगरपालिका – ५ का वडा अध्यक्ष हरिसिंह धनाडीले गाउमा हात्तीको आतङ्कले स्थानीयवासी त्रसित भएको बताउनु भएको छ । अहिले जङ्गल पनि घना भइसकेकोले यहँ हात्ती बढी आउन थालेको वडा अध्यक्ष धनाडीले बताउनु भएको छ । यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउपालिकामा समेत किसानको धान बालीमा नोक्सान पु¥याउने गरेको छ ।

सम्बन्धित

Comments are closed.