कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको मिलीजुली ग्रामीण विद्युत सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको मिलीजुली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभा  सम्पन्न भएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर ३ र लालझाडी गाउपालिका वडा नम्बर ५ का वासिन्दाहरुलाई सेवा प्रदान गरी रहेको मिलीजुली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभाबाट नया कार्यसमिति समेत चयन गरीएको छ ।

साधारण सभाबाट गंगा चौधरीलाई अध्यक्षमा सर्वसहमतिबाट चयन गरीएको छ । ७ सदस्यीय उक्त समितिको उपाध्यक्षमा मीरा चौधरी, कोषाध्यक्षमा बिमला धामी, सचिवमा लक्ष्मी धामी चयन हुनु भएको छ भने सदस्यहरुमा रेवती भण्डारी, खुसीराम चौधरी र दिल बहादुर भण्डारी चयन हुनु भएको छ ।

त्यसैगरी केशवराज अवस्थीको संयोकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरीएको छ । लेखा समतिको सदस्यमा जय बहादुर बिष्ट र नरेश कार्की चयन हुनु भएको स्थानीय समाजसेवी तथा नन्द माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक खत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.