बैतडीमा २८ सय नयाँ मतदाता थपिए

महेन्द्रनगर । बैतडीमा करिब २८ सय मतदाता थपिएका छन् । गत असार १ गते बाट फोटोसहितको मतदाता नामावली संकलन गरिएकोमा त्यो अवधीमा २ हजार ८ सय ८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।
आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन २ हजार ८ सय ८ जना मतदाता थपिएका उनले बताए । योसँगै बैतडीमा कुल मतदाताको संख्या १ लाख ५१ हजार ४ सय १४ पुगेको छ । गत असार १ गतेदेखि निर्वाचन कार्यालय, प्रशासन र इलाका प्रशासन कार्यालय पुर्चौडी हाटमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो ।
थपिएका मतदातामध्ये १ हजार ५ सय ९ जना पुरुष र १ हजार २ सय ८९ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । संघ प्रदेश चुनावको मिति घोषणासंगै फोटोसहितको मतदाता नामावली संकलन कार्य बन्द गरिएको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बैतडी जिल्लामा पनि तयारी भइरहेको छ ।

सम्बन्धित

Comments are closed.