कञ्चनपुरलाई बिहिवार साक्षर घोषणा गरियो

महेन्द्रनगर । कञ्चनपुरलाई साक्षर घोषणा गरिएको छ । बिहिबार अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका ९६ दशमलव २१ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसंगै साक्षर पालिका घोषणा गरिएको हो ।
जिल्लाका नौ वटै पालिकाहरू यस अघि नै साक्षर घोषणा गरिसकेको थियो । बिहिबार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले एक कार्यक्रमका बीच कञ्चनपुरलार्ई साक्षर जिल्ला घोषण गर्नु भएको छ । सारक्ष जिल्ला घोषणा गर्दै मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । जिल्ला शिक्षा समन्वय ईकाइको कञ्चनपुरको तथ्याङ्क अनुसार लालभलाडी गाउँपालिकामा ९७ दशमलव २, बेलडाँडी गाउँपालिकामा ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भएका छन ।
त्यसैगरि बेदकोट नगरपालिकाकमा ९५ दशमलव ५,शुक्लाफाँटा नगरपालिकामा ९५ दशकलव ५४,कृष्णपुर नगरपालिकामा ९६ दशमलव ९६ ,भीमदत्त नगरपालिकामा ९६ दशमलव ६,बेलौरी नगरपालिकामा ९६ दशमलव ८३,पुर्नवास नगरपालिकामा ९५ दशमलव २५ र दोधारा चाँदनी नगरपालिकामा ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएका छन ।
आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि प्रदेशका ८ जिल्ला भने पूर्ण साक्षर घोषणा भइसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेशको डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ ।
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा सुदूरपश्चिममा १ जिल्ला अझै पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । साक्षर घोषणा हुन बाँकी जिल्ला र पालिकामा सरोकारवालासँग अभिमुखीकरण, साक्षरताका १२ सूचकहरूलाई समावेश गरी सिकाई सामग्री उत्पादन गरेर वितरण, विद्यार्थी परिचालन गरी घर, परिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अघि बढाइएको केन्द्रले जनाएको छ । सम्बन्धित जिल्ला र पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर जिल्ला र साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।
हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, १५ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरदता दर ८५ रहेको छ । प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । किनकि विसं २००४ मा नेपालको साक्षरता दुई प्रतिशत थियो ।
हाल नेपालमा ३५ हजार छ सय ७४ विद्यालय रहेकामा २७ हजार आठ सय १२ सामुदायिक, छ हजार सात सय ३२ निजी संस्थागत, एक हजार एक सय ३० परम्परागत विद्यालय रहेका छन् । यस्तै दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र, एक सय २१ खुला विद्यालय, औपचारिक प्रौढ विद्यालय एक सय ७१ रहेका छन् ।
विगतमा साक्षरता अभियानका नाममा सञ्चालन गरिएका विभिन्न कार्यक्रम र प्रयोग प्रभावकारी नभएपछि सरकारले विभिन्न तहका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने नीति पनि लिएको छ । नेपालमा विसं २००४ देखि साक्षरता अभियान सुरु भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.