वेदकोटको पोलखरीमा गौरापर्वको अवसरमा मेला सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ५ को पोलखरीमा गौरापर्वको पावन अवसरमा शिव मन्दिरमा मेला सम्पन्न भएको छ । उक्त मेलामा सोही पालिका का वडा नम्वर ४, ५ र ६ का स्थानियहरुले पन्चेबाजा, दमाह, र छलिया नाच सहित आफनो मौलिक पर्व मनाएका छन् ।
सो कार्यक्रम मेलमिलाप सहअस्तित्व कायम गर्न , धर्म संस्कृती संरक्षण र धार्मिक पर्यटन विकासको लागि मेलाको आयोजना गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफनो परम्परा र संस्कृतिलाई संरक्षण गर्नु, समाजमा रहेको विकृतिलाई हटाउदै सभ्य समाजको निर्माण गर्नुपर्ने बताउनु भयो । उक्त मेलामा देउडा प्रतियोगिताको आयोजना समेत गरिएको थियो । पोलखरी पिपलडाँडा स्थित शिवधार्मीक संरक्षण समितीका अध्यक्ष डम्मरप्रशाद पन्तको सभापतित्वमा मेलाको आयोजना गरिएको हो । मेलामा छ हजार बढी स्थानियहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.