कैलालीको निर्माण व्यवसायी सङ्घ अध्यक्षमा मल्ल चयन

महेन्द्रनगर । निर्मार्ण व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा टेक बहादुर मल्ल निर्विरोध चयन भएका छन् । सङ्घको ११ अधिवेशनबाट उपाध्यक्षमा दीर्घ राज जोशी, महा सचिवमा विक्रम विष्ट, उपमहासचिव (नीतिगत) तर्फ योगेन्द्र चन्द, उपमहासचिव (आन्तरिक) तर्फ अमर बहादुर खड्का र सह कोषाध्यक्षमा सिद्ध राज भट्ट निर्विरोध चयन भएको निर्वाचन अधिकृत राजेन्द्र खड्काले जानकारी दिए ।
यस्तै यस अघि प्रथम उपाध्यक्षमा धिरेन्द्र साउँद निर्विरोध चयन भएका थिए । निर्वाचन अधिकृत खड्काका अनुसार कोषाध्यक्ष र सदस्यको लागि भने शुक्रवार निर्वाचन हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.