बेदकोटको हात्तिथलामा सिद्धनाथ विद्यालयको अभिभावक भेला सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.१ हात्तिथला स्थित श्री सिद्धनाथ आधारभूत विद्यालयको बिशेष अभिभावक भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । श्री सिद्धनाथ आधारभूत विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र बोहराको सभापतित्वमा र बेदकोट नगरपालिकाकी नगर उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेला बाट ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिति चयन गरिएको छ । बिद्यालय.ब्यबस्थापन.समितिको.अध्यक्षमा बौद्धिक तथा शिक्षित युवा दल बहादुर धामीलाई चयन गरिएको छ । बिद्यालयका प्रधानाध्यापक १, वडा अध्यक्ष १, ३ जना महिला लगायत ३ जना खुला बाट गरी ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिति चयन गरिएको छ । बिशेष अभिभावक भेला कार्यक्रममा बिशिष्ट अतिथीमा बेदकोट नगरपालिका वडा नं.१ का अध्यक्ष रमेश भण्डारी र पुर्व अध्यक्ष हरी गिरी रहेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.