कञ्चनपुरको कृष्णपुर नगरपालिकाको पहरियामा अस्थायी प्रहरी बिट स्थापना ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थित पहरियामा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालय नजिकै जयशंंकर सामुदायिक वन उपभोक्ता समुहको भवनमा अस्थायी रुपमा प्रहरी बिट स्थापना गरिएको हो । शान्ति सुरक्षामा समुदायको सहज पहुच स्थापित गरी विभिन्न प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने तथा समाजमा शान्ति स्थापना गर्नका लागि प्रहरी बिटको स्थापना गरिएको हो ।

उक्त वडाका नागरिकहरुले प्रहरी बिट स्थापना गर्न विगत देखी नै माग गर्दै आएका थिए । विगत लामो प्रयासपछि अहिले प्रहरी बिट स्थापना भएकोमा खुसी व्यक्त गर्दै वडा अध्यक्ष मोहन बस्नेतले अब यस क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण लगायत समाजमा शान्ति स्थापना गर्नका लागि सहयोग मिल्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने उद्देश्यका साथ प्रहरी बिटको स्थापना गरिएको बताउनु भयो ।

उनले प्रहरी बिटको भवन निर्माणका लागि नगरले २५ लाख रकम विनियोजन गरेको भन्दै अबको एक दुई महिना भित्रै भवन निर्माणको कार्य सुरु हुने जानकारी दिनुभयो । विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिह चौधरीले नागरिक विना बर्दीको प्रहरी भएको बताउदै नागरिकले पनि आपराधिक गतिविधि नियन्त्रण गर्न भुमिका खेल्नु पर्ने जानकारी दिनुभयो । उहँले प्रहरी समाजको सेवक र सहयोगीको रुपमा सधै अघि बढेको बताउनु भयो । समाजमा शान्ति, सुरक्षा कायम गर्नु र जनतालाई सुरक्षा दिनु प्रहरीको दायित्व भएको उनको भनाई थियो ।

अस्थायी प्रहरी बिटमा प्रहरी सहायक निरीक्षक मान बहादुर कार्कीको नेतृत्वमा पँच जना सुरक्षाकर्मी खटीएका छन् । वडा अध्यक्ष बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ओझा रहनु भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिह चौधरी, ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, स्थानीय लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.