महेन्द्रनगर । दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि मृतकको संख्या ६ पुगेको छ । भने १० जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मृत्यु हुनेमा धनुली टगुन्ना, जानकी ठगुन्ना, मोहनराम पार्की, नन्दराम बोहरा, ककानमती कार्की र एक शवको शनाखत हुन नसकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती सावदले जानकारी दिनु भएको छ ।
घार्यतेहरुको नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते भएका ५ जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, वर्ष ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गम्भीर घाइते उनिहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले भन्नुभयो, घइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था बढी चिन्ताजनक छ । सल्ला गाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ ।
बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेका छन् ।
बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुर्याएको छ भने केही घर नदिमै बगेका छन् । महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनबढी सवारी साधन समेत बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आएको छ । सोहि हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामाग्री समेत ल्याउने तयारी भइरहेको छ ।
राहत वितरणका लागि मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली समेत दार्चुला आउदैछ । संघीय र सुदूरपश्चिम सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । तत्काल बाढी पहिरो प्रभावितलाई राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले समेत अनुरोध गरिरहेका छन् । दार्चुलामा वर्षेनी बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुनेगरेको छ ।
शुक्लाफाँटा खबर
6411 posts
Comments are closed.