महेन्द्रनगर । कञ्चनपुरमा एकजनाको जगबुढा नदीमा डुबेर मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको मृत्यु भएको हो । शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जोगबुडा नदीमा बाढीसंगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।
Comments are closed.