गोदावरीमा छाडा चौपाया व्यवस्थापनका लागी दिर्घकालीन योजना बन्दै

महेन्द्रनगर । गोदावरी नगरपालिकाले सामुदायिक पशु व्यवस्थापन त्यसको दिर्घकालिन समाधानका लागी योजना बनाउन सुरु गरेको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गोदावरीमा रहेका सामुदायिक पशु चौपायाहरुको दिर्घकालिन समाधानका लागी विस्तृत योजना तयार गर्ने कार्य सुरु भएको बताए । उनले देशका विभिन्न स्थानमा व्यवस्थीत पशु गौशाला सञ्चालन गरीरहेका योगी पिताम्बर नाथसँग समन्वय गरी छाडा चौपायालाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ भन्ने तिर नगरपालिका लागिरहेको बताए ।
गोदावरी नगरपालिकामा पनि छाडा चौपायाको समस्या विकराल छ । नगरपालिकाको मुख्य बजार क्षेत्र अत्तरियामा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ भने बजारको सुन्दरतामा समेत कालो धब्बा लागेको छ । सुदूरपश्चिमकै मुख्य प्रवेशद्धारका रुपमा रहेको अत्तरिया बजारमा पुर्वदेखी पश्चिम सबै क्षेत्रका यात्रुहरुको आवागमन हुन्छ । छिमेकी मुलुक भारतका समेत नागरिकहरुको आवत जावत हुने अत्तरियामा छाडा चौपायाले गर्दा यहाँको अवस्थाप्रति लज्जाबोध हुने अवस्था आएको छ ।
छाडा पशु चौपायाले किसाहरुको बाली नाली समेत खाने गरेका कारण सबैभन्दा बढी मर्कामा किसानहरु रहेका छन । काट्न तयार अवस्थामा रहेका बालीनाली तथा हुुर्कन लागेका बोटविरुवाहरु खान थालेपछि आजित बनेका किसानहरु अहिले रातीको समयमा जाग्रम बसेर छाडा चौपाया धपाउने काम गर्दछन । विकराल रुपमा देखिएको छाडा चौपायाको व्यवस्थापनका लागी यसअघि नगरपालिकाले लाखौ बजेट विनियोजन गरेको भएपनि समस्या समाधान हुन सकेको छैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.