बाजुराको अर्गानिक स्याउ धनगढीमा

महेन्द्रनगर । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ धनगढी पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना कायान्वयन ईकाईको सहयोग र स्वामीकार्तीक खापर गाँउपालीका कृषी विकास शाखा सुईजिउला बाजुराको समन्वयमा उक्त अर्गानिक स्याउ धनगढी पुगेको हो ।
स्वामिकार्तिक–खापर गाउँपालिका बाजुराको कुनैपनी कुनैपनी मिसावट नभई अर्गानिक स्याउ शनिबार धनगढी पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले वताए । उनका अनुसार किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो ।
साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको पनेरुले वताए । किसानलाई बोटमा अनुदान दिएको कृषि ज्ञान केन्द्रले स्याउका कार्टुन र ढुवानीमा प्रति किलोग्राममा ३० रुपैयाँ दिएको पनेरुले बताए । उनका अनुसार ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी आएको हो। किसानले ‘ए’ ग्रेडको ५० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४० रुपैयाँ प्रतिकिलोका हिसाबले बारीमै स्याउको मूल्य पाउने छन् । यस्तै जिल्लाबाट २ सय क्विन्टल स्याउ धनगढी ल्याउने लक्ष्य रहेको र धनगढीमा १ सय ३० रुपैँयाका दरले प्रति किलो बिक्री गनुप्रर्ने फ्यूचर स्याउ कृषक समुह अध्यक्ष धन बहादुर रावलले वताए ।

सम्बन्धित

Comments are closed.