दार्चुलामा बाढीबाट मृत्यु भएका परिवारलाई जनही एक लाख दिईने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढी÷पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा, रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।
बाढी÷पहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ । त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन् ।
यस्तै, बाढी÷पहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।दार्चुलामा अविरल वर्षापछिको बाढी÷पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । आठ जना घाइते भएका छन् ।

सम्बन्धित

Comments are closed.