वेदकोट ६ मा मुसेपानी स्वास्थ्य संस्थाको उद्घाटन

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ६ मा श्री मुसेपानी स्वास्थ्य संस्थाको आइतवार उद्घाटन गरिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ६ स्थित गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा श्री मुसेपानी स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष किसन भण्डारीको सभाध्यक्षमा सो संस्थाको आइतवार उद्घाटन गरिएको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर प्रमुख तथा स्वास्थ्य संस्था उदघाटन कार्यक्रमका प्रमुख अतिथि भोजराज बोहराले विकट क्षेत्रमा स्वास्थ्य संस्था स.चालनमा आएकोमा अब स्थानियहरुले स्वास्थ्यको पहुँचमा पुग्ने र आफनौ स्वास्थ्यको सहि उपचार पाउनेमा आफु विस्वसत रहेको बताउनु भयो ।
साथै स्वास्थ्य संस्थाको आफनै जमिन भएकोले अवको निकट भविस्यमा अस्पताल निर्माण गर्नको लागि आफुले पहल तथा आफुबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उत्तः अवसरमा मुसेपानी स्थित नदिले कटानी गरेको स्थानको अनुगमन पनि गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो । विशिष्ट अतिथि बेदकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष तुलसी राना रहनु भएको थियो । अतिथिहरुमा बेदकोट नगरपालिका वडा नम्वर ६ का वडा सदस्य जयदेव पन्त,भागरथी राना, निवर्तमान सदस्य विर्मा देवी वडु, सिता आउजी, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ७ स्थित जनता माध्यमिक विद्यालयका प्रधान अध्यापक भानी चन्द, नेपाल पत्रकार महासंघको उपाध्यक्ष हेमन्ती चौधरी, स्वास्थ्यकर्मी, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ६ मुसेपानीका वडघर छत्र बहादुर डंगौरा र ओझाखालीका वडघर विर बहादुर चौधरी लगायतका स्थानिय समाजसेवी, महिला,आदिवासी जनजाति महिलाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.