महेन्द्रनगर । दोधारा चाँदनीमा जगबुडा नदीमा बगेर मृत्यु भएका परिवारलाई अािर्थक सहयोग गरिने भएको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलका वर्ष ५३ का रंगलाल बादी गएको शनिवार जगबुडा नदीमा दाउरा संकलन गर्ने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो ।
आर्थिक अवस्था कमजोर रहेको उनको परिवारलाई काजक्रिया खर्च वाफत १० हजार सहयोग गरिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।
दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले आर्थिक अवस्था दैनिय रहेको मृतक रंगलाल बादीको काजक्रियाको लागी घरपरिवारलाई रु. १० हजार सहयोग रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
एक छाक टार्न समस्यामा रहदै आएको मृतक रंगलालको काजक्रिया गर्न समस्या देखिएको हुदा नगरपालिका कार्यपालिकाको बैठकले मृतक रंगलाल बादीको काजक्रियाको लागी रकम सहयोग गर्ने निर्णय गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिएका छन् । मृतक बादी बडुवाल टोलको झोलुङ्गे पुल भन्दा केही अगाडी जगबुडा नदीमा दाउरा खोज्ने क्रममा डुबेर ज्यान गएको हो ।

शुक्लाफाँटा खबर
5688 posts
Comments are closed.